काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट अर्थात् आरटीजीएस प्रणालीमा थप सात संस्थाहरु आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पुस १ गते अर्थात् बिहीबारबाट सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी, गुडविल फाइनान्स, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्स आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।