काठमाडौं । नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीहरुलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले बिहीबार हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेसन मेनेजर रोजिन बज्राचार्यको उपस्थिति रहेको थियो ।सम्झौतापश्चात् कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन् । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ ।