काठमाडौं, माघ २०
सजिलो लघुबित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६४ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ४१ लाख ९१ हजार रूपैयाँ रहेको थियो । चुक्तापुँजी १४ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८९ लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन गरी ९३ करोड ४४ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन करोड २१ लाख ९० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड तीन लाख ९३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड ९६ लाख ५२ हजार रूपैयाँ निक्षेप संकलन गरी ३९ करोड ७४ लाख छ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड २६ लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।