काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार तीन सय ७६ दशमलव ७४ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५३ दशमलव ५३ विन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ५२ हजार एक सय ८२ पटकको कारोबारमा तीन करोड ५७ लाख ८४ हजार आठ सय ७१ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १६ अर्ब ११ करोड नौ लाख तीन हजार चार सय ८८ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ६४ हजार ५२ पटकको कारोबारमा तीन करोड ९५ लाख छ हजार नौ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १७ अर्ब नौ करोड ८६ लाख ७० हजार सात सय आठ रुपैयाँ पुगेको थियो । यस सात नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक ८८ दशमलव सात अंकले ओरालो लागेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंंकले ओरालो लागेर चार सय ५० दशमलव आठ विन्दुमा झरेकोे थियो । दोस्रो दिन पनि बजार परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार दुई सय ८१ दशमलव ६७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ७७ अंंकले ओरालो लागेर चार सय ३७ दशमलव ५९ विन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक एक सय ३७ दशमलव १८ अंकले उकालो लागेर दुई हजार चार सय १८ दशमलव ८४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ७२ अंंकले उकालो लागेर चार सय ६० दशमलव ३० विन्दुमा चढेको थियो । चौथो दिन भने बजार परिसूचक चार दशमलव २३ अंकले ओरालो लागेर दुई हजार चार सय १४ दशमलव ६२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंंकले ओरालो लागेर चार सय ५९ दशमलव ४१ विन्दुमा झरेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक ३७ दशमलव ८७ अंकले ओरालो लागेर दुई हजार तीन सय ७६ दशमलव ७४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८८ विन्दुले ओरालो लागेर चार सय ५३ दशमलव ५३ विन्दुमा झरेकोे थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, महालक्ष्मी विकास बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।