काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई दिएको जानकारीअनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी छ अर्ब २८ करोड सात लाख ३९ हजार दुई सय ३२ रुपैयाँ अन्तिम मूल्यमा सात दशमलव पाँच प्रतिशत अर्थात ४७ करोड १० लाख ५५ हजार चार सय ४२ रुपैयाँ बराबरको नगद लाभांश र सात दशमलव पाँच प्रतिशत अर्थात ४७ करोड १० लाख ५५ हजार चार सय ४२ रुपैयाँबराबरको बोनस सेयर बितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणका सम्बन्धमा कम्पनीको यही मंसिर २४ गते बसेको तीन सय ९२औँ सञ्चालक समितिको बैठकले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।