काठमाडौं । एनएमबी लघुुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुुस २६ गते होटल पोखरा ग्राण्डमा नवौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ५३ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँमध्येबाट २१ दशमलव २५ प्रतिशतको अनुपातमा ११ करोड ६० लाख ५८ हजार ६० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसैगरी संस्थाले सोही सभामार्फत हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक दशमलव १३ प्रतिशतको दरमा ६१ लाख आठ हजार तीन सय १७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुस नौ गतेदेखि पुुस २६ गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।