अमेरिका । अमेरिकी रकेट निर्माता कम्पनी स्पेस एक्सले ५२ वटा स्टारलिंक इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरेको छ । समाचार संस्था एपीका अनुसार शनिबार कम्पनीले क्यालिफोर्नियास्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट ती स्याटेलाइट प्रक्षेपण गरेको हो ।
दुई–तहको फाल्कोन–९ रकेट भान्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान पौने ५ बजे प्रक्षेपण गरिएको थियो । फाल्कोानको पहिलो तह समुद्रमाथिको स्पेसएक्स ड्रोन जहाजमा अवतरण गरेको थियो । उक्त तहको यो ११औँ पुनप्रयोग भएको बताइएको छ ।
दोस्रो तहले भने स्याटेलाइटलाई अर्बिटमा लगेको थियो । स्टारलिंक स्याटेलाइटमा आधारित विश्व इन्टरनेट प्रणाली हो । वर्षौँदेखि स्पेस एक्सले यसको निर्माण गरिरहेको छ । यसले विश्वमा इन्टरनेट सेवा प्रदान गर्नेछ । शनिबारको मिसन स्टारलिंकका लागि ३४औँ थियो ।