लन्डन । विदेश सचिव लिज ट्रसले बेलायत सरकारमा ब्रेक्जिटमन्त्रीको स्थान लिने भएकी छिन् । लर्ड फ्रस्टले राजीनामा दिएपछि युरोप बहिर्गमनपछि युरोपसँगको सहजीकर्ताको नेतृत्वदायी भूमिका लिजले नै निर्वाह गर्ने भएको बीबीसीले उल्लेख गरेको छ ।
यद्यपि उनी नै विदेशमन्त्रीको भूमिकामा रहनेछिन् । शनिबार ब्रेक्जिटमन्त्री फ्रस्टले राजीनामा दिएका थिए । त्यस्तै मिनिस्टर अफ स्टेट फर युरोप भने सांसद क्रिस हिटन हुनेछन् । ट्रान्सपोर्ट डिपार्टमेन्टमा रहेका हिटन ह्यारसलाई भने वेन्डी मोर्टनले प्रतिस्थापन गर्नेछन् । कन्जरभेटिभ सांसदहरुले फ्रस्टको राजीनामाप्रति निराशा व्यक्त गरेको पनि बताइएको छ ।