काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सात दशमलव ३६ प्रतिशत अर्थात् पाँच करोड ८९ लाख ५४ हजार साता सय ३६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फाइनान्सको यही पुस एक गते साँझ बसेको सञ्चालक समितिको चार सय ७३औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँमध्येबाट सात प्रतिशत अर्थात् पाँच करोड ६० लाख सात हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि २९ लाख ४७ हजार सात सय ३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।