काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले सोमबार आम्रपाली ब्यांक्वेट, थिरवम सडक, भाटभटेनी, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको जनाएको छ ।
सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत (१० प्रतिशत बोनस सेयर तथा चार प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख रहेको फाइनान्सले हालसम्म आफ्नो २० वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र १९ वटा एटीएममार्फत ८० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । फाइनान्सले चालू आर्थिक वर्षसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब दुई करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जानकारी दिएको छ ।