काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १७ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने ५६ दसमलव ७३ अंकले उकालो लागेर २४ सय १५ दसमलव ५५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ३४ अंकले उकालो लागेर चार सय ६२ दसमलव ५२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीह्रुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ३४ हजार दुई सय १७ पटकको कारोवारमा ४९ लाख ७४ हजार दुई सय ५३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुुल सेयर कारोवार रकम दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार आठ सय ४७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।