काठमाडौं । डाबर नेपालले वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई समग्र चिकित्सा सुविधाहरु सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि २५ लाख रुपैयाँबराबरको चिकित्सा उपकरणहरु हस्तान्तरण गरेको हो ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्धनिर्देशक ईश्वरी राना र डाबर नेपालको व्यापार प्रमुख एचएस बेदीले सोमबार एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका थिए । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो ।