काठमाडौं । रिलायन्स फाइनान्सले १५ दशमलव ७९ प्रतिशत अर्थात् १४ करोड ४५ लाख ७७ हजार पाँच सय २६ रुपैयाँ ६८ पैसाबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही पुस दुई गते गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाको हाल कायम रहेको चुक्ता पुँजीमध्ये ९१ करोड ५६ लाख ५७ हजार छ सय ६९ रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुन आउने १३ करोड ७३ ४८ हजार छ सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कर प्रयोजनको लागि पनि शून्य दशमलव ७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार आठ सय ७६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा फाइनान्सले गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।