काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरू प्रस्तुत गर्दै सो दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरूका अनुसार आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक सय १८ दशमलव ७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४० दशमलव पाँच अर्बको सर्वाधिक दाबी भुक्तानी, सात दशमलव १९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि नेपालकै नं. १ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पु-याउन उल्लेख्य सहयोग तथा सहकार्य पु-याएका सेयरहोल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्ष/परोक्षरूपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए ।
‘हामी समग्र जनतामाझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफूलगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरू सबैले जानून् र यसलाई विकल्पभन्दा पनि आधारभूत आवश्यकताका रूपमा हेरुन् भन्ने हाम्रो चाहना हो’, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘स्थापना कालदेखि आजका मितिसम्म आइपुग्दा तपाईँहरूको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रूपमा स्थापित भएका हौँ । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदरणीय ग्राहक महानुभाव, सेयरहोल्डर्स, कर्मचारी, अभिकर्तालगायत समग्र सरोकारवालाहरूप्रति कृतज्ञताज्ञापन गर्न चाहान्छौँ ।’
कम्पनीको सफलताका बारेमा तथ्यपरक प्रमाणहरू प्रस्तुत गर्दै जनतामाझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस नेपालकै नं. १ अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।