काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका वडा न.१ हरमटार स्थित दुई सय ५७औँ शाखा कार्यालय रावाबेँसी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका अनुसार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवतरूपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पु-याउने उद्देश्यअनुरूप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।
बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशययुक्त जलविद्युत्का प्रमुख बसन्त श्रेष्ठ, रावाबेँसी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, समाजसेवीहरू, उद्योगी व्यवसायीहरू, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरू, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारीहरूलगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ५७ वटा शाखा कार्यालय, दुई सय ४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।