काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार सम्पन्न नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आसार मसान्त २०७८ को वासलात, आव २०७७/७८ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत पारित गरेको छ । सभाले आव २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।