काठमाडौं । ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा बुुद्धि अकेला चयन भएका छन् । संस्थाका अनुसार यही पुस छ गते बसेको संस्थाको सञ्चालक समितिको एक सय ४८औँ बैठकले अकेलालाई अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । अकेला ग्लोबल आईएमई बैंकको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा चयन भएको संस्थाले जानकारी दिएको छ ।