काठमाडौ ।सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुुचक ७१ दसमलव दुई अंकले उकालो लागेर २५ सय ९१ दसमलव ४२ बिन्दुुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ३८ अंकले उकालो लागेर चार सय ८२ दसमलव ७४ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन । जसबाट ६२ हजार २१ पटकको कारोवारमा ८६ लाख एक हजार नौ सय ५६ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही खरिद बिक्रीका आधारमा आज कुुल कारोवार रकम पाँच अर्ब १७ करोड ३२ लाख पाँच सय तीन रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये जलबिद्युत र फाईनान्स उपसमुहहरुको सुचक ओरालो लागेर बाँकी १० वटा उपसमुहरुको सुचक भने उकालो लागेकाछन ।