काठमाडौँ । शिवम् सिमेन्टले प्रदेश नम्बर २ का निर्माणकर्मीहरुलाई पाँच लाख रुपैयाँबराबरको जोखिम बीमा गरिदिएको छ ।
प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न निर्माणकर्मीहरुसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रममा एक हजार बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बीमा गरिदिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँच लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको थियो । योसँगै कम्पनीले देशका विभिन्न स्थानहरुमा गरेर दुई हजार पाँच सय बढी निर्माणकर्मीहरुको पाँच लाखबराबरको जोखिम बहन बीमा गरिसकेको छ ।
मिर्चैया, गोलबजार, लहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारीलगायतका विभिन्न १२ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ । कम्पनीले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा समेत कम्पनीले शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।