काठमाडौँ । सेयर बजार परिसुचक पुुन: ओरालो लागेको छ । अघिल्लो दिन ६९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुुन दुई दशमलव ६६ अंकले ओरालो लागेर २५ सय १८ दशमलव ९९ बिन्दुुमा झरेको छ ।
‘क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९१ अंकले ओरालो लागेर चार सय ७० दशमलव ९८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन ।
जसबाट ४२ हजार ५८ पटकको कारोवारमा ५८ लाख २८ हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन । जसबाट यसदिन कुुल सेयर कारोवार रकम तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार छ सय ३२ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सूचक उकालो लागेकाछन भने सात वटा उपसमुहहरुको सूचक ओरालो लागेकाछन ।