काठमाडौं, माघ २१ मेट लाइफले कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरूको उपस्थितिमा यसै साता उक्त कार्यालयहरूको उद्घाटन गरेका हुुन् । यो थप नयाँ कार्यालयपछि मेट लाइफको नेपालमा कुल ३२ वटा कार्यालय पुग्नेछ । यसरी भएको विस्तारले कर्णालीको सुर्खेत क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरूलाई थप सुविधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरूलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमा लेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरू बुझ्ने तथा अन्य कागजपत्रहरूको पर्याप्तता हेर्नेजस्ता सेवाहरू प्रदान गर्नेछन् ।