काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न व्यक्तिहरुल जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धानको क्रममा ७ जनालाई मंगलबार र २ जनालाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मुगुका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, २१ वर्षीय सुरेश सेज्वाल, १९ वर्षीय दिपक नेपाली, २३ वर्षीय शिवहरि वुढा, २४ वर्षीय युवराज वढुवाल, कपिलवस्तुका ४३ वर्षीय गोपाल कुमार शिरिष, मुगुका २६ वर्षीय हस्त नेपाली र २४ वर्षीय चन्द्र साउद रहेको प्रहरीले जनाएको छ ।