काठमाडौँ । वृज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी कमलादीले आफ्नो दोस्रो शाखा महाराजगञ्जमा शुभारम्भ गरेको छ । नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले उक्त शाखाको उद्घाटन गरेका थिए ।
वृज कन्सल्टेन्सी, कमलादीले विद्यार्थीहरुलाई पूर्वतयारी कक्षा, विदेश पढ्न जानुअघि जानकारी गराउने र भिजा प्रक्रियाबारे व्यावसायिक सेवा प्रदान गर्दै आएकोे र विस्तारित शाखाबाट पनि यस्तै गुणस्तरीय शैक्षिक परामर्श प्रदान हुने विश्वास अध्यक्ष पाण्डेले बताए । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले युके, अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, क्यानडा लगायतका राष्ट्रमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको वृज कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले महाराजगञ्जमा आफ्नो शाखा विस्तार गरेको कन्सल्टेन्सीका सीईओ भुवन गिरीले बताए ।
वृज कन्सल्टेन्सीले आईईएलटीएस, टोफेल र पीटीईको लागि उत्कृष्ट पूर्वाधारका बीच दक्ष व्यवस्थापन र राम्रो निर्देशकद्वारा कक्षा सञ्चालन गरेकै कारण विद्यार्थीहरुको विदेश अध्ययनको यात्रा सहज बनाइरहेको छ । सन् २०१५ मा स्थापना भयको वृज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले युके, यूएसए, अस्ट्रेलिया, न्युजिल्यान्ड, इन्डियालगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र टेस्ट प्रिपेसनमा केन्द्रित रहेर सेवा प्रदान गर्दै आएको छ ।
शाखाको शुभारम्भ कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष दिपक गुरुङ, युनिभर्सिटी क्यानडा बेष्टका नेपाल प्रतिनिधि नेत्र कोइराला, साउदर्न एकेडेमी समूहका सुरज रायमाझी, रकफोड कलेजका त्रिविक्रम श्रेष्ठ, स्टडी समूहका सबिन कार्की, एटीसीडब्लुकी जेनी प्रधान लगायतका सहभागिता थियो ।