काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरूमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै स्थानीयवासीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
यही पुस ८ गते बिहीबारदेखि १२ गते सोमबारसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल आठ सय ५८ जनाको सहभागिता रहेको थियो जसमा ९४ महिला र सात सय ६४ पुरुष रहेका थिए । अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर हालको कोभिड १९ महामारीले गर्दा नेपालमा मात्र होइन, विश्वभर नै अभाव भएको हुनाले यस अभावलाई केही हदसम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्य बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेकोे छ ।