काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा फेरी भारत जान लागेका छन् । प्रधानसेनापति शर्मा स्वास्थ्य परिक्षणको लागि मित्र राष्ट्र भारतको राजधानी नयादिल्ली जाने भएका हुन् । उनी आउँदो आइतवार भारत जान लागेका हुन् । उनको मृगौलाको पत्थरीको यस अघि गरिएको उपचारमा समस्या देखिएपछि पुनः परिक्षणका लागि उनी नयाँदिल्ली जान लागेका हुन । शर्मा एक साताका लागि जान लागेको बुझिएको छ ।