काठमाडौं । तीनवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको चौथो कारोबार दिन बीमा, लघुुवित्त र विकास बैंकसहितका तीनवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका हुुन् ।
जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूूल्य ११ सय चार रुपैयाँ ७२ पैसा तोकेको छ । पछिल्लो पटक उक्त कम्पनीको १२ सय ८७ रुपैैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी उन्नती सहकार्य लघुुवित्त वित्तीय संस्थाले पनि ३० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १४ सय ८८ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको १९ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
मितेरी डेभलपमेन्ट बैंंकले पनि १३ दशमलव ३० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता चार सयय ४३ रुपैयाँ सात पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएकोे छ । पछिल्लो पटक भने उक्त बैंकको पाँच सय दुई रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।