काठमाडौँ । सानिमा बैंकले नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरूको लागि ‘सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकहरूले सानिमा सजिलो ई–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् ।
मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यो योजनामा तीन जना भाग्यशाली विजेताले आईफोन १३, दुई जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र पाँच जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन एक सय रुपैयाँ क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी तीन महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ ।
यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ । सानिमा बैंककोे मोबाइल बैंकिङ एप ‘प्ले स्टोर’ वा ‘एप स्टोर’बाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । बैंकको देशभर एक सय १९ वटा कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।