ढाका, माघ २१ बंगलादेश जाने र आउनेले अबदेखि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बोक्न पाउने भएका छन् । बंगलादेशी मिडियाहरुका अनुसार उक्त रकम बोक्न भन्सार घोषणा समेत आवश्यक नपर्ने बताइएको छ । द डेली स्टार अनलाइनका अनुसार बंगलादेश जाने र आउने यात्रुहरुले १० हजार डलर वा सोही परिमाणमा बराबर हुने गरी विदेशी मुद्रा साथमा राख्न पाउने भएका हुन् । बंगलादेश बैंकले सर्कुलर जारी गर्दै उक्त रकमका लागि भन्सार घोषणा आवश्यक नपर्ने बताएको हो । यसअघि ५ हजार अमेरिकी डलरको सीमा तोकिएको थियो ।