काठमाडौँ । एभरेष्ट अस्पताल प्रालिले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा रहेको अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो । एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । ‘एभरेष्ट अस्पतालले प्रत्येक वर्ष केही न केही नयाँ अफरहरु दिँदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ पाँच प्याकेजहरु लिएर आएको छ’, उनले भने । उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कार्डियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् । शुक्रबारबाट पुस २५ गतेसम्ममा होलबडी चेकअप गर्ने बिरामीहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । यसका साथै बिहानको ६.३० बजेभन्दा अगाडि सुगरका बिरामीले सुगर जाँच गराउँदा शतप्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।