काठमाडौँ । यस साता सेयरबजार परिसूचक दुई हजार पाँच सय २४ दशमलव ५० बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७१ दशमलव २४ बिन्दुुमा पुुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय ३८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख १४ हजार तीन सय ५१ पटकको कारोबारमा तीन करोड तीन लाख ६१ हजार दुई सय ४४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार ९८ रुपैयाँँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार आठ लाख ३० हजार आठ सय ५९ पटकको कारोबारमा दुई करोड ६८ लाख ४१ हजार पाँच सय ८२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १३ अर्ब ८६ करोड १५ लाख ५४ हजार दुई सय ६३ रुपैयाँँ पुुगेको थियो । यस सात नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो ।
जसमध्ये अन्तिम कारोबार दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । यसबाहेक पहिलो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
पहिलो दिन पनि बजार परिसूचक ७१ दशमलव दुई अंकले उकालो लागेर दुुई हजार पाँच सय ९१ दशमलव ४२ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३८ अंंकले उकालो लागेर चार सय ८२ दशमलव ७४ बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक ६९ दशमलव ७७ अंकले ओरालो लागेर दुुई हजार पाँच सय २१ दशमलव ६५ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ८५ अंंकले ओरालो लागेर चार सय ७१ दशमलव ८९ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक दुई दशमलव ६६ अंकले ओरालो लागेर दुुई हजार पाँच सय १८ दशमलव ९९ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंंकले ओरालो लागेर चार सय ७० दशमलव ९८ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक पाँच दशमलव ५१ अंकले उकालो लागेर दुुई हजार पाँच सय २४ दशमलव ५० बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २६ अंंकले उकालो लागेर चार सय ७१ दशमलव २४ बिन्दुमा चढेको थियो । पाँचौँ कार्यदिन भने नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, महालक्ष्मी विकास बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।