काठमाडौं । बेष्ट फाइनान्सका सञ्चालक सुधीर ज्ञवालीले राजीनामा दिएका छन् । उनको राजीनामालाई फाइनान्स सञ्चालक समितिको यही पुस १२ गते अर्थात् सोमबार बसेको पाँच सय ४०औँ बैठकले स्वीकृत गरेको छ । फाइनान्सका अनुसार सञ्चालक ज्ञवालीले दिएको राजीनामा सोमबार नै स्वीकृत भएको छ । सञ्चालक ज्ञवालीको राजीनामापश्चात् फाइनान्समा खिमलाल पौडेलको अध्यक्षतामा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र श्रीराम श्रेष्ठसहितको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।