काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बीओके स्मार्ट अकाउन्ट योजना सार्वजनिक गरेको छ । बैकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके स्मार्ट अकाउन्ट सार्वजनिक गरेको जानकारी दिएको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मूल नाराका साथ ग्राहकहरूलाई बैंकिङ सेवाहरूमा थुप्रै छुटहरूको साथ उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त बचत खाता ग्राहकहरूले प्रविधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकहरूले छ दशमलव ५५ प्रतिसत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ सेवाहरूमा धेरै छुटहरूको फाइदा उपयोग गर्न सक्नुहुनेछ । थुप्रै छुट अनि धेरै सुविधाहरूसहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकहरूको बैंकिङ कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । बैंकले हाल ९२ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।