काठमाडौं । नेपाली बीमा क्षेत्रमा सबैभन्दा कम्पनी शोषण गर्नेहरुमा कुनै कम्पनी छ भने त्यो शिखर इन्स्योरेन्स कम्पनी हो । कोरोना महामारीका बीचमा पनि धेरै पछाडि रहेको बीमा कम्पनीहरुहरुले कम्तीमा तीन महिनादेखि पाँच महिनाको तलब बराबर बोनस खुवाए ।
तर, शिखर इन्स्योरेन्स कम्पनीले जम्मा एक महिनाको तलब मात्रै बोनस खुवाएको छ । शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई लगातार माथिल्लो तहका हाकिमहरुको चर्को गाली खानुपर्ने गुनासो गरेका छन् ।
सो कम्पनीमा कार्यरत एक कर्मचारीले भने, ‘काम बिग्रिँदा र कतिपय कुरा समयमा नहुँदा त गाली खानु ठीकै होला, तर कतिपय सन्दर्भमा बिनासित्ती गाली खानुपर्दा जागिर नै छोड्न मन लाग्छ ।’
सीईओ पाण्डेको चर्को गालीकै कारण केही महिनापहिले एक जना वरिष्ठ कर्मचारीले जागिर छोडिसकेकी छिन् । पारिवारिक शोकमा रहेकी कम्पनीकी वरिष्ठ कर्मचारीलाई सीईओ पाण्डेले जथाभावी गाली गरेपछि उनले राजीनामा दिएर घर गएको शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको
गुनासो छ ।
पछिल्लो समय शिखर इन्स्योरेन्स कम्पनीमा दक्ष कर्मचारीहरुले लगातार जागिर छोड्नेक्रम बढेको छ । पछिल्लो पटक राष्ट्रिय बीमा कम्पनीमा सीईओको लागि आवेदन दिन पुगेकी बरिष्मा आचार्य यसअघि शिखर इन्स्योरेन्स कम्पनीमै कार्यरत थिइन् । उनले समेत शिखर इन्स्योरेन्सले चर्को पेलेर काम लगाउने तथा बोनस दिने बेलामा कन्जुस्याइँ गर्ने गरेको बताइन् ।
कम्पनीले आफ्ना मालिकहरुलाई २९ प्रतिशत लाभांश दिने कम्पनीले कर्मचारीहरुलाई भने बोनस नदिई पेलेर काममा लगाएकोमा कर्मचारीहरु असन्तुष्ट बनेको बताइएको छ ।