काठमाडौं । एनआईसी एसिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवाअन्तर्गत विभिन्न उपहार योजनाहरू सार्वजनिक गरेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत एनआईसी एसियाको डिम्याट खाता साथमा, हप्तैपिच्छे उपहारको बहार हातमा भन्ने नारासहित विभिन्न उपहार योजनाहरू सार्वजनिक गरेको हो ।
क्यापिटलले विगतका वर्षदेखि नै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानअन्तर्गत ग्राहकहरूलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटीको ग्राहकमुखी सेवा उपलब्ध गराइरहेको छ ।
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यही पुस १८ गतेदेखि मिति २०७८ साल फागुन मसान्तसम्म एनआईसी एसिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एसिया बैंकको शाखा कार्यालयहरू र एनआईसी एसिया अनलाइन डिम्याट सेवामार्फत डिम्याट खाता खोल्ने खातावालाहरूमध्ये गोलाप्रथा विधिबाट साप्ताहिकरूपमा भाग्यशाली ग्राहकहरूको छनोट गरिनेछ ।
भाग्यशाली खातावालाहरूको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारिक सोसियल मिडिया पेजमामार्फत प्रकाशित गरिनेछ ।