काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कृष्णहरि खनाललाई मंगलबार काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ३१, नयाँ बानेश्वर बस्ने ३८ वर्षीय खनाललाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७७ भदौ १८ गतेको फैसलाले ३२ लाख २४ हजार छ सय ९५ रुपैयाँ जरिवाना र ११ दिन कैद तोकेको थियो । उच्च अदालतको उक्त फैसलालगत्तै फरार रहेका खनाललाई काठमाडौंको बुद्धनगरबाट पव्रmाउ गरी मंगलबार नै फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौमा बुझाइएको छ ।