काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखाले मृत्युदाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भीमेश्वर नगरपालिका वडा नं– ६ सिमपानी निवासी तिर्थ बहादुर खत्रीको मृत्युदाबी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले मृतक परिवारको घरमा नै गैइ मृतकका श्रीमती शशि कला बुढाथोकीलाई २१ लाख ५० हजार रुपौयाँको चेक हस्तान्तरण गरेको हो । मृतक तिर्थ बहादुर खत्रीले २०७७ चैत्र २० गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बिमा गरेको शाखा प्रमुख विष्णु लुइँटेल बताए ।
इन्स्योरेन्स कम्पनी र सो ब्यक्ति बीच भएको सदस्यहरुको रिलायबल सुलभ जीवन बीमा सम्झौता अनुसार उक्त रकम प्रदान गरिएको हो । बिमित खत्रीको केही महिना अघि मात्र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख १२ हजार ५ रुपैयाँ बीमा कम्पनीलाई बुझाएका थिए ।
कम्पनीले बिमितको सामान्य मृत्युमा प्रदान गर्ने ऋणको १ सय ४० प्रतिशत हुन आउने २१ लाख ५० हजार रुपैयाँ प्रदान गरेको लुइँटेलले जानकारी दिए । उक्त रकमको चेक शाखा प्रमुख लुइँटेल, सोही कम्पनीमा कार्यरत रुक्मणी सिवाकोटी, पहिलो एम डि आर टी प्रकाश बहादुर कार्कीले संयुक्त रुपमा बुढाथोकीलाई प्रदान गरेका हुन ।
यस कम्पनीले व्यक्ति सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २०७४ भाद्र १५ बाट सन्चालनमा आएको थियो ।