काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३० दसमलव ७५ बिन्दुले ओरालो लागेको शेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने ४३ दशमलव २९ अंकले उकालो लागेर २६ सय ९२ दशमलव ४७ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १६ अंकले उकालो लागेर पाँच सय छ दशमलव १६ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ३८ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट ४८ हजार एक सय ६१ पटकको कारोवारमा ७३ लाख ३६ हजार तीन सय ३४ कित्ता सेयर किनबेच भएकाछन । सोही किनबेचका आधारमा आज कुुल सेयर कारोवार रकम तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार तीन सय ४९ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्येमा टे«डिङ र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेर बाँँकी उपसमुहहरुको सुचक उकालो लागेकाछन ।