काठमाडौं । दुईवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले १० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ५४ रुपैयाँ ४५ पैसा तोकेको छ । पछिल्लो पटक उक्त फाइनान्सको प्रतिकित्ता चार सय ९९ रुपैयाँ ९० पैसामा सेयर कारोबार भएको छ । यसैगरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पनि सात दशमलव ७० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ४१ रुपैयाँ ९७ पैसा तोकेको छ । पछिल्लो पटक उक्त फाइनान्सको चार सय ७६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।