काठमाडौँ । भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि काम सुरु भएको बताएकी छिन् ।
भूूमिहीन दलित, भूूमिहीन सुुकुुम्बासीसँगै कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्या समाधान गर्न मन्त्रालयले अध्ययन समिति बनाएर काम सुरु गरिसकेको उनको भनाइ छ । बेनिसा, स्वबासीको समस्या समाधानका लागि पनि पहल सुरु गरेको र सबैखालका भूूमिसँग जोडिएका समस्या अन्त्य गर्न आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् ।
राष्ट्रिय भूूमि आयोगले शनिबार काठमाडौंमा आयोजना गरेको भूूमिहीन दलित, भूूमिहीन सुुकुुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा आयोग र स्थानीय तहबीच कार्यसहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उनले जनताले महशुस गर्ने गरी काम गर्न सबै पक्षलाई आग्रह समेत गरिन् । भूूमिलाई समुुचित ढंगबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधिअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
संविधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नका लागि आयोग नीतिगत र व्यावहारिक रुपमा काममा लागेको भन्दै आयोग र स्थानीय तह दुवै मिलेर भूूमिहीनको समस्या समाधान गर्ने काम सफलतापूर्वक सम्पन्न गर्नेमा आफूू विश्वस्त रहेको उनले बताइन् ।
भूमिहीन दलित, वास्तविक सुुकुम्बासी कोही पनि भूूमि पाउनबाट वञ्चित हुन नहुनेमा जोड दिँदै उनले पार्टी र भोटरका नाममा कसैलाई पनि भेदभाव नगरी काम गर्न समेत स्थानीय तहका प्रमुख र राष्ट्रिय भूूमि आयोगका पदाधिकारीहरुलाई आग्रह समेत गरिन् । मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरु, सहयोग, समन्वय, सहजीकरणका साथै अन्य आवश्यक नीतिगत कामहरुमा पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रममा राष्ट्रिय भूूमि आयोगका अध्यक्ष केशव निरौलाले भूूमिहीन दलित, भूूमिहीन सुुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार काम गर्न आफूूहरु प्रतिबद्ध रहेको बताए । यस्तै राष्ट्रिय भूूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले सरकार, आयोग र स्थानीय तहबीच जनताको भरोसा बढ्ने तथा नागरिकले अनुभूति गर्ने गरी काम गर्न लागिपरेको उल्लेख गरे ।
राष्ट्रिय भूूमि आयोग र ६८ वटा स्थानीय तहबीच शनिबार भूूमिहीन दलित, भूूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्यसहमति पत्रमा हस्ताक्षर भएको छ ।