वासिङटन । गत महिनामा अमेरिकी रोजगारी घटेको छ । कम्पनीहरुले कोरोनाका कारण कर्मचारी नियुक्ति गर्न संघर्ष गरिरहेका छन् । रोजगारदाताले एक लाख ९९ हजार जनालाई मात्रै डिसेम्बर महिनामा रोजगारी दिएका छन् । जुन निकै कमजोर मानिएको छ ।
तर बेरोजगारी दर भने घटेर ३.९ प्रतिशतमा झरेको छ । यो बीचमा तलब भने बढेको श्रम विभागले जनाएको छ । मिश्रित तथ्यांक ओमिक्रोन आउनुअघिको हो । सन् २०२१ मा अमेरिकामा ६४ लाख रोजगारी सिर्जना भएको तथ्यांकले देखाएको छ । सो क्रममा सन् २०२० मा महामारीका कारण गुमेको रोजगारी पुनर्भरण समेत भएको छ ।
यद्यपि महामारीअघिको अवस्थाको तुलनामाा कुल रोजगारी ३६ लाखले अझै कम रहेको छ । नोभेम्बर महिनामा ४५ लाख अमेरिकीले रोजगारी छोडेका थिए जुन हालसम्मकै कीर्तिमान रहेको बताइएको छ ।