काठमाडौँ । एनएमबी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा यही पुस २२ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । सभाद्वारा आव २०७७–०७८ बाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।
साधारण सभाद्वारा स्वीकृत बोनस सेयरपश्चात् बैंकको चुक्ता पुँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा दुई अर्ब ७१ करोड, निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रहेको छ ।
दि फिनान्सियल टाइम्स, लण्डनद्वारा बैंक अफ दि एयर एसिया २०२१ र बैंक अफ दि एयर नेपाल २०२१ बाट एनएमबी बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड सेयरधनीहरूले समय समयमा बैंकलाई दिएको सुझाव एवं सल्लाहमुताबिक भएको परिणामको रूपमा लिँदै सम्पूर्णहरूप्रति बैंकले कृतज्ञताज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।
बैंकले हाल दुई सय एक वटा शाखा, एक सय ३८ वटा एटीएम र नौ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।