काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाँसगढी नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको संरक्षणका हेतु दश थान ‘ट्री गार्ड’ सहयोग स्वरूप प्रदान गरेको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चीप बेस ट्राभल कार्ड, ई–कर्मस कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।
समग्रमा भिसा ईएमभी चीप बेस ट्राभल कार्ड, इइकर्मस कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।