काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै शेयर बजार परिसुचक उकालो लागेको छ । बजार परिसुचक आज ७३ दशमलव एक अंकले उकालो लागेर २७ सय ६५ दशमलव ४७ बिन्दुुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले उकालो लागेर पाँच सय १९ दशमलव ३७ बिन्दुुमा चढेको छ । आज कुुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३९ वटा कम्पनीहरुको शेयर खरिदबिक्री भएकाछन ।
जसबाट ८२ हजार एक सय १३ पटकको कारोवारमा एक करोड ५० लाख ५८ हजार छ सय २१ कित्ता शेयर खरिदबिक्री भएकाछन । जसबाट आज कुुल शेयर कारोवार रकम सात अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।