काठमाडौं माघ २२
सनराइज बैंकका ग्राहकले अन्नपूर्णमा होटलमा छुुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ । सोही क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको हो । सनराइज बैंक र होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण र उक्त होटलले सञ्चालन गर्दै आएको चितवनस्थित जगतपुर लज, तथा पोखरास्थित फिस्टेल लजमा फुुड, बेभरेज र बेकरी आईटममाजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्र्र्रेडिट कार्डमार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।