काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रोे कारोवार दिन आज सोमबार पुन १९ दशमलव ४३ अंकले उकालो लागेर २७ सय ८४ दशमलव ९५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव १६ अंकले उकालो लागेर पाँच सय २२ दशमलव ५३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३६ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन् । जसअन्तर्गत ७७ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड ४२ लाख ८८ हजार एक सय ३० कित्ता शेयर खरिद बिक्री भएका छन् । जस अन्तर्गत यसदिन कुुल कारोवार रकम सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लाागेकाछन भने बाँकी १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।