काठमाडौ । शेयर बजार परिसचुक उकालो लागेको छ । अघिल्लो दिन १९ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन ४९ दशमलव १९ अंकले उकालो लागेर २८ सय ३४ दशमलव १३ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३४ अंकले उकालो लागेर पाँच सय २८ दशमलव ८७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ७७ हजार १५ पटकको कारोवारमा एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुुल कारोवार रकम छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेको छ भने बाँकी उपसमुहहरुको सुुचक उकालो लागेकाछन् ।