काठमाडौँ । (रासस) नेपाल प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश २–००३–००१ ख ३६२२ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत विहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।