काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिबार होटेल नमस्ते अत्तरिया कैलालीमा विभिन्न निर्णय पारित गर्दै वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका कामु व्यवस्थापक सुुशील ज्ञवाली रहेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुरेश बहादुर बमले गरेका थिए ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आव २०७७–०७८ को वार्षिक प्रतिवेदनलगायत सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ ।
साथै चालू आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र सञ्चालन मुनाफा ३४ लाख रहेको र यसै आर्थिक वर्षभित्रमा सुदूरपश्चिम प्रदेशभित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशीलता विस्तार गर्ने लक्ष्य रहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बमले जानकारी दिएका छन् ।