काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले आठ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेभएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँमध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।
अधिकृत पुँजी ५० करोड तथा जारी पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ नै पुग्नेछ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत यही माघ ११ गतेदेखि खुला हुुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य फागुन दुई गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।