काठमाडौं, माघ २२
नेपाल बंगलादेश बैंकले ह्विलचियर वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, यही माघ २० गते सोमबार बालाजु औद्योगिक छेत्रस्थित रहेको इन्फिनिटी ल्याब्समा बनेको १० वटा ह्विलचियरहरू सीआईएल काठमाडौँद्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गरेको गरेको हो ।
बालाजु स्कुल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीका विद्यार्थीहरूद्वारा सीआईएल काठमाडौँको सहायतामा बनेका यी ह्विलचियरहरू पहिलो पटक नेपालमै निर्माण गरिएको हो । यस्ता ह्विलचियरहरू नेपालमै उत्पादन गर्दा विदेशी मुलुकहरूप्रति भर नपरी कम मूल्यमै उपलब्ध गराउन सकिन्छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सीआईएल काठमाडौँंका महासचिव गणेश केसीको उपस्थितिमा धादिङ, पोखरा, काठमाडौँं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरूलाई सो ह्विलचियरहरू प्रदान गरेका हुुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर हिड्नु सरह नै हो र यसले उहाँहरूको दैनिक जीवनको गतिशीलतामा सहज पु-याउने विश्वास दिलाए । साथै नेपालीभई नेपालमै बनेका सामानलाई प्राथमिकता दिँदा देशको आर्थिक वृद्धि र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएका थिए ।